सुलेमानी मारिए पछि इराकमा रकेट हमला
इराकको राजधानी बगदाद सहित विभिन्न क्षेत्रमा रकेट हमला भएको छ । रकेट हमला अमेरिकी दूतावास सहित अमेरिकी सेना रहेको क्षेत्रमा रकेट हमला भएको छ ।
इराकी सेनालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेअनुसार, रकेट हमलामा कुनै मानवीय क्षति भने भएको छैन । इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानी अमेरिकी आक्रमणबाट मारिए पछि अमेरिकी दूतावास र सेना लक्षित रकेट हमला गरिएको छ ।
यस क्षेत्रमा यसअघि पनि हमला हुँदै आएको थियो । तर, सुलेमानी मारिए पछि हमला मत्थर हुने अमेरिकाले जनाएको छ । इरानले भने उच्च सैन्य कमाण्डर हत्याको बदला लिने प्रतिक्रिया दिएको छ ।
सुलेमानीको शोक मनाइन इराकमा ठूलो संख्यामा सहभागी सडकमा उत्रिएका छन् । तीन दिने शोक पछि सुलेमानीको गृहनगर इराकमा अन्त्येष्टि गरिने घोषणा गरिएको छ ।