खेलकुद आइतबार, पुस २०, २०७६

दश खेलाडीमा सीमित बार्सिलोनाको अंक खोस्यो स्पान्योलले

हिमालखबर

दश खेलाडीमा सीमित बार्सिलोनाको अंक खोस्यो स्पान्योलले

स्पेनिस ला लिगामा कमजोर स्पान्योलले बलियो बार्सिलोनाको अंक खोसेको छ । शनिबार राति सकिएको खेलमा बार्सिलोना दश खेलाडीमा सीमित हुनुको फाइदा उठाउँदै स्पान्योलले अंक खोसेको हो ।

पहिलो हाफको गोल गर्दै स्पान्योलले अग्रता लिएको थियो । तर, दोस्रो हाफको ५०औं मिनेटमै लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । यसको नौ मिनेटमै फेरि भिडालको गोलबाट बार्सिलोनाले अग्रता लियो ।

तर, ७५औं मिनेटमा फ्रेन्की डी जोङ डबल ऐलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । ७० प्रतिशत बढी कब्जा जमाइरहेको खेलमा जोङ बाहिरिए सँगै बार्सिलोनाको सन्तुलन बिग्रियो । स्पान्योलले यसको फाइदा उठाउँदै ८८औं मिनेटमा गोल फर्कायो ।

वी लीको गोल सँगै स्पान्योल बार्सिलोना सँग २–२ को बराबरी खेल्दै अंक खोस्न सफल भयो । बराबरी खेले पनि गोल अन्तरले बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुनः उक्लिएको छ । समान खेलबाट समान अंक जोडेको रियल मड्रिडको पनि १९ खेलबाट ४० अंक नै छ ।

स्पान्योल भने १९ खेलबाट ११ अंक जोड्दै अंक तालिकाको पुछार २०औं नम्बरमा छ ।

 

प्रतिकृया दिनुहोस