प्रदेश तीनको जितमा सुवास खकुरेलको उत्कृष्ट ब्याटिङ
मनमोहन स्मृति एक दिवसीय कप क्रिकेटमा प्रदेश एकलाई प्रदेश तीनले सात विकेटले पराजित गरेको छ ।
वर्षाका कारण २८ ओभरमा छोट्याइएको खेलमा प्रदेश एकले १४५ रनको चुनौती दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश एकका लागि कप्तान प्रनिश थापाले अर्धशतक बनाए ।
मनिस थापा २० र फर्धोश अन्सारीले १८ रन जोड्न बोहक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेन । जवाफी ब्याटिङमा प्रदेश तीनका कप्तान सुवास खकुरेलले उत्कृष्ट ब्याटिङ गर्दै ८५ रन जोडे ।
रीत गौतम १७ र जितेन्द्रसिंह ठकुरीले १७ रन जोड्दा प्रदेश तीनले ती विकेटको क्षतिमा सहज जित निकाल्यो ।