गेटाफेलाई हराउँदै रियल मड्रिड बार्सिलोना भन्दा अगाडि
स्पेनिस ला लिगामा गेटाफेलाई हराउँदै रियल मड्रिडले बार्सिलोनालाई पछाडि पारेको छ ।
शनिबार राति सकिएको खेलमा गेटाफेलाई रियल मड्रिडले सहजै हरायो । पहिलो हाफको ३४औं मिनेटमा गेटाफेबाट आत्मघाती गोलको उपहारमा अग्रता लिएको रियल मड्रिड ३–० ले विजयी भयो ।
मड्रिडका लागि दोस्रो हाफको ५३औं मिनेटमा राफेल भराने र ६ मिनेट थपिएको अतिरिक्त समयमा लुका मोड्रिचले गाले गरे । जितसँगै, मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मड्रिड भन्दा एक खेल कम खेलेको बार्सिलोनाले १८ खेलबाट ३९ अंक जोडेको छ । मड्रिड एक अंकले मात्रै अगाडि छ । शनिबार राति पौने दुई बजे स्पान्योलसँग हुने खेल जिते अथवा बराबर मात्रै भए पनि बार्सिलोना फेरि शीर्ष स्थानमै रहनेछ ।