नेकपाको मत पाउँदै राजपाका यी दुई उम्मेद्वार
राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर दुईबाट उम्मेद्वार टुंगो लगाएको छ ।
राजपा अध्यक्ष मण्डलको बैठकले उम्मेद्वार टुंगो लगाइएको हो । आइतबार राजपाबाट उपाध्यक्षद्वय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहले उम्मेद्वारी दर्ता गर्नेछन् ।
मृगेन्द्र अन्य र शेखर अल्पसंख्यक तथा अपाङ्गताबाट उम्मेद्वार बनेका हुन् । ९ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा राजपाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेको छ । सहमतिअनुसार, नेकपाले १६ उम्मेद्वारको नाम टुंगो लगाइसकेको छ ।