विदाको दिन चलाइएको सरकारी मोटरसाइकल नियन्त्रणमा
सार्वजनिक बिदाको दिन चलाएको भन्दै प्रहरीले सप्तरीको विभिन्न स्थानबाट आठ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन वितरण गरिने ‘पास’ नलिई चलाएको भन्दै प्रहरीले विभिन्न स्थानीय तहका आठ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको मोटरसाइकल चलाउने कार्यालयका कर्मचारीलाई प्रथम पटक चेतावनी दिई अब उप्रान्त जिल्ला प्रशासन कार्यालयको पास विना सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचलाउने सर्तमा साँझ छाडिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीले बताए ।
सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधनको व्यापक दुरुपयोग भइरहेको जनगुनासो पश्चात सरकारी सवारीसाधनको प्रयोगमा कडाइ गरिएको प्रहरी उपरीक्षक चतुर्बेदीले बताए ।