सन्दीप लामिछानेको उत्कृष्ट बलिङ
जारी बिग बास लिग (बीबीएल) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन् ।
सन्दीपले महत्वपूर्ण तीन विकेट लिए । टस जितेर पहिले फिल्डिङ रोजेका मेलबर्न स्टारका लागि सन्दीपले साउन मार्स, डिनेल क्रिस्टेन र टम कपुरलाई आउट गरे ।
सन्दीपकाे महत्वपूर्ण विकेट पछि दबावमा परेकाे रेनेगेड्सले स्टारलाई १४३ रनकाे चुनाैती दिएकाे छ ।
मेलबर्न रेनेगेड्स विरुद्धको यो खेलमा सन्दीप लामिछाने खेलमा फर्किएका हुन् । बिहीबारको खेल घाइते भएकाले गुमाएका थिए ।
पाँच खेलबाट ८ अंक जोड्दै मेलबर्न शीर्ष स्थानमा रहँदा सन्दीपले खेलेको पाँच खेलबाट ६ विकेट लिएका छन् ।