सन्दीपको टीम टस जितेर फिल्डिङमा
जारी बिग बास लिग (बीबीएल) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टारले टस जितेर फिल्डिङ रोजेको छ ।
मेलबर्न रेनेगेड्स विरुद्धको यो खेलमा सन्दीप लामिछाने खेलमा फर्किएका छन् । बिहीबारको खेल घाइते भएकाले गुमाएका सन्दीप यो खेलमा भने प्लेइङ इलेभेनमै परेका छन् ।
पाँच खेलबाट ८ अंक जोड्दै मेलबर्न शीर्ष स्थानमा रहँदा सन्दीपले खेलेको चार खेलबाट तीन विकेट लिएका छन् ।