त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्यो बुद्धको प्रतिमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा बनाइएको छ । विमानस्थलको आगमन क्षेत्रमा बनाइएको प्रतिमाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनावरण गरेका छन् ।
बुद्धभूमि नेपालमा स्वागत गरिएको सन्देश स्वरुप प्रतिमा निर्माण गरिएको छ ।
विमानस्थललाई बुटिक विमानस्थलका रुपमा रुपान्तरण गर्न अभियान अन्तर्गत बुद्धको प्रतिमा निर्माण गरिएको मन्त्री भट्टराईले बताए ।