कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइवर विस्तारका लागि सम्झौता
कर्णाली र सुदूरपश्चिम प्रदेशअन्र्तगत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तारसम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने उद्देश्यले शुक्रबार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया जिल्लासमेत गरी २० जिल्लामा नेटवर्क फाइवर विस्तार गरिने छ ।
सो आयोजनाअन्तर्गत करीब २४०० किमी फाइबर नेटवर्कमा अन्डरग्राउण्ड एडीएसएस फाइवर तथा बुरेइड क्याबल (डीबीसीसी) विस्तार गरिनेछ । टेलिकमले कन्ट्याक्टबाट सो सम्झौता गरेको दुई वर्षभित्र पूर्वाधार निर्माण गरिसक्नुपर्ने छ ।