इपीएल खेल्न दक्षिण अफ्रिकाका पूर्व कप्तान नेपाल आउने, गेल ल्याउने तयारी
यो सिजनको इभरेष्ट प्रिमियर लिग (इपीएल) मा विदेशी खेलाडी भित्र्याउने क्रम शुरु भएको छ । इपीएलको आकर्षण बढाउन उत्कृष्ट खेलाडी नै भित्र्याइने आयोजकले जनाएको छ ।
इपीएल खेल्न आउने विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व कप्तान असिम आमला नेपाल आउने पक्का भएको जोरा स्पोटर्स म्यानेजमेन्टका एमडी आमिर अख्तरले बताए । उनका अनुसार, वेष्ट इण्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पनि इपीएलमा ल्याउने प्रयास भइरहेको छ ।
टेष्ट राष्ट्र इंग्ल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्डकै राम्रो खेलाडी भित्र्याउने प्रयास समेत भइरहेको छ । नेपाली राष्ट्रिय टीमका खेलाडीहरुलाई पहिलो श्रेणीमा राखिएको इपीएलमा राम्रो पारिश्रमिक दिइने भएको छ । पहिलो श्रेणीका क्रिकेटरहरुको न्यूनतम मूल्य दुई लाख तोकिएको छ । त्यस भन्दा माथि भने बोलकबोलबाट निर्धारण हुनेछ ।