डायलासिस गरी फर्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो डायलासिस गराएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो डायलासिस गरेर प्रधानमन्त्री निवास फर्किएको बताए । प्रधानमन्त्री ओलीले मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित डायलासिस गराउँदै आएका छन् ।
१२ वर्ष अगाडि प्रत्यारोप गरिएको मिर्गौलाले काम नगरे पछि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका छन् ।
धानमन्त्रीको पुनप्रत्यारोपण शिक्षण अस्पतालमै गर्ने तयारी समेत भएको छ ।