उखु किसान र सरकार बीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
आन्दोलनरत उखु किसान र सरकार बीच पाँच बुँदे सहमति भएको छ । उद्योग मन्त्री लेखराज भट्टको उपस्थितिमा भएको सहमतिअनुसार, आगामी ७ माघभित्र सरकारले निर्धारण गरे बमोजिम उखुको मूल्य किसानहरुले पाउनेछन् ।
निर्धारित मूल्य अनुसार, उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी मिलहरुबाट दिलाउन सरकारले समन्वय र सहजीकरण गर्नेछ ।
कसानहरुले उत्पादन गरेको उखुको मूल्य तुरुन्त भुक्तानी गर्न स्वचालित प्रणाली बनाउनेबारे अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिने भएको छ ।
उखु किसानहरुलाई उपलब्ध गराइने अनुदान बापतको मूल्य समयमा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयले अनुरोध गर्ने पनि सहमति भएको छ । उखु खरीदबिक्रीमा समस्या देखिए तत्काल सम्बोधन गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।
माग सम्बोधन गर्न सरकार तत्पर भए पछि किसानहरुले समेत आन्दोलन फिर्ता गर्ने सहमति जुटेको छ ।