अवरुद्ध उडान अवतरण पाँच घण्टा पछि खुल्यो
शुक्रबार दिउसो पाँच घण्टासम्म अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण सञ्चालनमा आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, भिजिबिलिटीमा समस्या देखिएपछि उडान र अवतरण पाँच घण्टासम्म बन्द गर्नु परेको थियो ।
विमानस्थलका अनुसार अहिले विमानस्थलमा उडान अवतरणका नियमित काम भइरहेको छ ।
शुक्रबार बिहानदेखि उपत्यकासहित मुलुकका केही स्थानमा वर्षा र उच्च पहाडी जिल्लामा हिमपात भएको छ । मौसममा आएको खराबीसँगै विमानस्थलको उडान अवतरणमा अवरोध सिर्जना भएको थियो ।
मौसम विज्ञान विभागका अनुसार, अभैm केही दिनसम्म मौसम बदली सहित बर्षा र हिमपातको सम्भावना छ ।