काठमाडौंको इन्द्रचोंकमा आगलागी, नियन्त्रणको प्रयास जारी
काठमाडौंको इन्द्रचोंकमा आगलागी भएको छ । इन्द्रचोंकस्थित एक पुरानो घरमा आगलागी भए पछि नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।
काठमाडौं महानगरको दुई वटा र ललितपुर महानगरपालिकाको एउटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।