मौसम खराबीले आन्तरिक तथा बाह्य उडान अवरुद्ध
शुक्रबार बिहानैबाट हल्का वर्षा सहित मौसममा आएको खराबीका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेको छ ।
भिजिविलिटी नपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरु अवतरण हुन सकिरहेको छैन । अवतरण हुन नसक्दा थाइ, कतार, चाइना लगायत एयर लाइन्सका विमानहरु फर्किएका छन् ।
मौसम नखुल्दा आन्तरिक उडान समेत प्रभावित बनेको छ । मौसम विज्ञान विभागका अनुसार, अझै केही दिन मौसम बदली सहित वर्षाको संभावना छ ।