ए डिभिजन लिगमा एपीएफको पहिलो जित
जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) ले पहिलो जित निकालेको छ ।
चौथौं चरणको अन्तिम खेलमा सरस्वती युवा क्लब विरुद्ध एपीएफले जित दर्ता गरेको हो । एपीएफको यो पहिलो जित हो । यसअघि एक खेल बराबरी र दुई हार बेहोरेको थियो ।
सरस्वतीलाई २–१ ले पराजित गर्दै एपीएफले चार अंक बटुलेको छ । तर, सरस्वतीले भने अहिलेसम्म जित निकाल्न सकेको छैन । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफको ६३औं मिनेटमा एपीएफका लागि आशिष लामाले गोल गरे । उनैले थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा अर्को गोल गरे ।
जित निकाल्न नसके पनि सरस्वतीले जारी लिगमा पहिलो गोल भने गरेको छ । अतिरिक्त समयको अन्तिम समयमा एपीएफका लागि विनोद केसीले गोल फर्काए ।