ए डिभिजन लिगमा एपीएफसँग सरस्वती भिड्ने
शहीद स्मारक ए डिभिजन लिगको चौथौं चरणको अन्तिम खल आज हुँदैछ ।
अन्तिम खेलमा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध सरस्वती युथ क्लब भिड्दैछ । खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।
तीन खेल सकिदा दुवै टीमको अवस्था बलियो छैन । सरस्वती लगातार पराजयसँगै अंक तालिकाको पुछार चौथौं नम्बरमा छ भने एपीएफ तीन खेलबाट एक अंक जोड्दै १२औं स्थानमा छ ।