जिससको गोलमा सिटीको जित
इंग्लिस प्रिमियर लिगमा इभरटन विरुद्ध म्यानचेस्टर सिटीले २–१ गोल अन्तरले जितेको छ ।
बुधबार राति सकिएको खेलमा सिटीका लागि दुवै गोल गाब्रिएल जिससले गरे । पहिलो हाफ गोल रहित बराबरीमा खेल सकिएको थियो ।
दोस्रो हाफको ५१औं र ५८औं मिनेटमा जिससले गोल गरे । इभरटनका रिचार्लिसनले ७१औं मिनेटमा गोल फर्काए । तर, हार भने टार्न सकेनन् ।
जितसहित सिटी २१ खेलबाट ४४ अंक जोड्दै तेस्रो स्थानमा कायमै छ । अपराजित लिभरपुल भने १९ खेलबाट ५५ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ भने लिस्टर सिटी २१ खेलबाट ४५ अंक जोड्दै दोस्रो स्थानमा छ ।