आर्सनलसँग म्यानचेस्टर युनाइटेड पराजित
इंग्लिस प्रिमियर लिगमा बुधबार राति म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ ।
राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा युनाइडेट आर्सनलसँग २–० गोल अन्तरले पराजित भएको छ । सुट, सट टार्गेट, पोसेसन, पास र पास एक्कुरेसी समेत राम्रो भए पनि युनाइटेड पराजित हुन पुग्यो ।
आर्सनलका निकोलस पेपेले आठौं मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यसपछि पहिलो हाफमै फेरि सक्राटिस पापस्ताथोपउलोसले ४२औं मिनेट गोल थपे ।
पहिलो हाफकै अग्रता नै अन्तिमसम्म कायम रहँदा आर्सनलले १० स्थान माथिको टीम आर्सनल विरुद्ध जित निकाल्यो ।