पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
भारतबाट मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएकाे हाे।
हवाई ईन्धन र एलपी ग्यासको मूल्य हालकै यथावत राखिएको निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ।
बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।