प्रधानमन्त्री ओली र भारतीय प्रम मोदीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्ताका क्रममा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान–प्रदान भएको र दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा लैजानेबारे कुराकानी भएको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण वर्षमा नेपाल भ्रमणको निम्तो दिइएको ट्वीटर मार्फत जानकारी दिइएको छ ।