उपसभामुख कांग्रेसले पाउनुपर्ने सभापति देउवाको दावी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन् ।
विराटनगर पुगेका सभापति देउवाले एउटै दलले दुवै पद राख्न नपाउने अवस्थामा उपसभामुख कांग्रेसले पाउनुपर्ने दावी गरेका हुन् । सभापति देउवाले भने, “सभामुख र उपसभामुख मध्ये एक कांग्रेसले पाउनुपर्छ ।” मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुनुपर्ने उनको भनाइ छ ।
सभापति देउवाले पार्टी सहमतिकै आधारमा सञ्चालन गर्न खोजेको बताए । सभापति देउवाले पार्टी विधान नमिचेको समेत बताए ।
पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै सभापति देउवाले लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी संघले छिट्टै नेतृत्व पाउने बताए ।