सिभिल ब्यांकको सामाजिक उत्तरदायित्वः छात्रवृत्तिदेखि दृष्टिविहीनलाई विशेष छडीसम्म
सिभिल ब्यांकले नवौं वार्षिक उत्सवको अवसरमा महीना दिन लामो सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ ।
ब्यांकले विद्यार्थीलाई छात्रबृत्ति, दृष्टिविहीनलाई विशेष छठी, रक्तदान जस्ता कार्यक्रम गरेको हो । एक महीनासम्म ३८ शाखामा चलेको रक्तदान कार्यक्रमबाट ब्यांकले १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।
२८ शाखाले कक्षा ६ देखि १० सम्म पढ्ने २८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । ब्यास नगरपालिकामा ५० थान डस्टविन वितरण गरेको छ भने रौतहटको चन्द्रनिगाहपुर शाखाले सुनौलो नेपाल अभियानलाई धर्मशार्ला निर्माणमा आर्थिक सहयोग गरेको छ ।
ब्यांकले दृष्टिविहीनहरुका लागि एक सय थान विशेष छडी प्रदान गरेको जनाएको छ ।
इलाम शाखाले आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । झापा शाखाले खाद्यन्न, विराटनगर शाखाले विद्यालय पोशाक र निजगढ शाखाले सत्यश्वर शिवशक्ति स्कूललाई एक थान प्रिन्टर प्रदान गरेको छ ।