माछापुछ्रे ब्यांकले ल्यायो नयाँ वर्ष विशेष क्यास ब्याक अफर
माछापुच्छ्रे ब्यांकले अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा क्यास ब्याक अफर ल्याएको छ ।
अफर अन्तर्गत ब्यांकले डेबिट तथा क्रेडिट कार्ड मार्फत् सामग्री खरीद गर्दा रु ५०० सम्मको क्यास ब्याक अफर दिएको छ ।
अफर अन्तर्गत माछापुछ्रे ब्यांकको कार्ड प्रयोग गरी पीओस मेसिनमा कम्तिमा रु ५०० बराबरको तीन छुट्टा–छुट्टै कारोबार गरेपछि रु ५०० फिर्ता पाउन सकिनेछ ।
इकमर्स साइटहरु दराज, सस्तो डिल, रिचार्जर, ईसेवा लगायतबाट कम्तिमा रु ५०० बराबरको तीन छुट्टा–छुट्टै कारोबार कार्ड मार्फत गर्दा पनि प्रत्येक महीना रु ५०० क्यास ब्याक सुविधा पाइनेछ ।