सनराइज ब्यांकको शाखा रहित ब्यांकिङको ओखलढुङ्गाको मोलुङमा
सनराइज ब्यांकले ४३औं शाखा रहित ब्यांकिङ सेवा ओखलढुंगाको मोलुङमा शुरु गरेको छ ।
ब्यांकले मोलुङ गाउँपालिकाको वडानम्बर ६ मा सेवा शुरु गरेको हो । ब्यांकका शाखा रहित सेवाका प्रतिनिधि गोपाल तामाङ, ब्यांकका एक नम्बर प्रदेश प्रतिनिधि पुर्णबहादुर थापा र वडाध्यक्ष रामकाजी तामाङले संयुक्त रुपमा गरे ।
बांकले १२९ शाखा, ४३ वटा शाखा रहित सेवा, ८ एक्सटेन्सन काउण्टर र १४९ एटीएममार्फत लाख लाख ग्राहकलाई सेवा दिदै आएको छ ।