माछापुच्छ्रे ब्यांकले दुबईबाट एक अर्व बढी पैसा ल्याउने
माछापुच्छ्रे ब्यांकले दुबईस्थित माश्रित ब्यांकबाट दश मिलियन अमेरिकी डलर अर्थात् एक अर्ब रुपैयाँ बढी पैसा नेपाल ल्याउने भएको छ ।
१३ पुसमा पैसा ल्याउनेगरी माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र माश्रित ब्यांकका नेपाल प्रतिनिधि हेमा अधिकारी बीच सम्झौता भएको छ ।
दुबईबाट पैसा ल्याउन स्वीकृतिका लागि राष्ट्र ब्यांकमा आवेदन दिइसकेको ब्यांकले जनाएको छ ।
दुबईबाट आउने पैसा कृषि, उर्जा, पर्यटन, साना तथा मझौला व्यवसायमा लगानी गरिने ब्यांकले जनाएको छ ।