ए डिभिजन लिगमा मंगलबार दुई खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेल ११ः३० बजे च्यासल र जावलाखेल युथ क्लब बीच हुनेछ । तीन खेल खेलेको जावलाखेल अपराजित छ । एक जित र दुई बराबर गर्दै जावलाखेल पाँच अंक सहित पाँचौं स्थानमै छ ।
च्यासल भने एक जित, एक हार र एक बराबरको नतिजा निकाल्दै चार अंक सहित आठौं स्थानमा छ ।
दोस्रो खेल भने हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज बीच हुनेछ । यो खेल पनि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समै हुनेछ । खेल दिउँसो तीन बजे शुरु हुनेछ ।
ब्रिगेड ब्वाइजले एक खेल जित र दुईमा हार बेहोरेको छ भने हिमालयन शेर्पाले अहिलेसम्म जित निकाल्न सकेको छैन ।