अब सम्पादकले भन्दा पहिले सरकारले समाचार पढ्छः सांसद पन्थ
राष्ट्रियसभामा नेपाल विशेष सेवा विधेयक माथि छलफल शुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको विधेयक प्रति प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् ।
सांसद प्रकाश पन्थले नेपाल विशेष सेवा विधेयकलाई ‘ज्यानमारा’को संज्ञा दिए । यो विधेयक पारित भए फरक दलका मात्रै नभएर आफ्नै पार्टीभित्र फरक विचार राख्नेलाई समेत सिध्याउने सांसद पन्थले बताए ।
“फरक विचार र दलका मान्छेलाई ठाउँको ठाउँ सिध्याउने उद्देश्यले यो विधेक ल्याइएको छ” सांसद पन्थले भने, “यो विधेयकले आफ्नै दलमा फरक बिचार राख्नेलाई पनि सिध्याउँछ ।”
श्रीमान र श्रीमती बीच हुने सम्वाद देखि प्रेममा परेका भाइबहिनीको सम्वाद समेत सरकारले सुन्ने उनले बताए । सांसद पन्थले यो विधेयक पारित हुँदा समाचार लेख्ने पत्रकार पनि होसियार हुनुपर्ने बताए । “समाचार लेख्दा होस् पु¥याउनुपर्छ । किनभने अब सम्पादकले भन्दा पहिले सरकारले हेर्छ”, पन्थले भने ।
अर्थमन्त्री खतिवडाले भने सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक भएकाले यो विधेयक आएको तर्क गरे ।
यो पनि