एमसीसी संसदबाट पारित हुन्छः मन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् ।
एमसीसी संसदको विषय बनेको र संसदबाट पारित हुने मन्त्री ज्ञवालीले बताए । विदेश मामिला सम्बन्धी वार्षिक प्रतिवेदन २०१८–०१९ सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले एमसीसी अब नरोकिने बताए ।
एमसीसी अमेरिकाको इण्डो–प्यासिफिक रणनीति अन्तर्गत रहेको भन्ने बहस भइरहँदा मन्त्री ज्ञवालीले यो विषय संसदले पारित गर्ने बताएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा समेत यसबारे चर्को विरोध भएको थियो ।
तर, स्थायी कमिटीबाट यो विषय सचिवालयबाट टुंग्याउने निर्णय भएको छ । मन्त्री ज्ञवालीले भने एमसीसी इण्डो प्यासिफिकको अंग नभएको बताए ।