सीमा विवादबारे सचिवस्तरीय वार्ताकाे पहल
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक–कालापानी सीमा विवाद हल गर्न बार्ताका लागि पहल भइरहेको बताएका छन् ।
विदेश मामिला सम्बन्धी वार्षिक प्रतिवेदन २०१८–०१९ सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले वार्ताका गृह कार्य सचिव स्तरबाट भइरहेको बताए ।
नेपालले पठाएको पत्रको जवाफ भारतले दिइसकेकाले अब चाँडै बार्ता हुने मन्त्री ज्ञवालीले बताए । मन्त्री ज्ञवालीले सचिव स्तरीय संयन्त्रमा वार्ता हुने बताए ।
कश्मीर समेटेर भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा अतिक्रमण गरेको छ ।
यसबारे नेपाल सरकारले २० नोभेम्बरमा वार्ताका लागि पत्र पठाएको थियो ।