महाधिवेशनकाे मिति सार्न हुन्नः शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाले गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले तोकिएको समयभित्रै महाधिवेशन हुनुपर्ने बताए । कांग्रेसले २०७७ फागुनमा महाधिवेशन तोकेको छ ।
२०७८ चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेको उनले बताए । केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिए ।