अन्तर्वार्ता/विचार शुक्रबार, पुस ११, २०७६

‘अब साइबर आक्रमण गर्न नसक्ने प्रणाली बनाउँछौं’

हिमालखबर

‘अब साइबर आक्रमण गर्न नसक्ने प्रणाली बनाउँछौं’

स्थानीय तहको वित्तीय व्यवस्थापन प्रणालीमा साइबर आक्रमण भएको कसरी थाहा भयो ?

४ पुसमा वित्तीय व्यवस्थापन प्रणाली सञ्चालन गर्न खोज्दा चलेन । त्यसपछि सूचनाप्रविधिका क्षेत्रमा काम गर्नेहरुलाई बोलाएर छलफल गर्दा सब नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसनमा ह्याक भएको थाहा भयो ।

सर्भरमा रहेको बाहेक ‘एक्स्टर्नल डिभाइस’ मा राखिएका सूचनाहरु नष्ट भए । ह्याकरले ४ पुसअघिका २१ दिनसम्मका स्थानीय तहहरुको राजस्व र खर्च सम्बन्धी विवरणमा पस्न नसक्ने बनाए ।

नष्ट भएका तथ्यांक कहिलेसम्म प्रणालीमा राखिसक्ने योजना छ ?

नष्ट भएका सबै गोश्वारा भौचरको तथ्यांक फेरि राख्ने काम सकिएको छ । अब हार्ड कपीमा भएका सूचनासँग रुजु गरेपछि पहिलाकै अवस्थामा आउँछ ।

स्थानीय तहको वित्तीय विवरण डिजिटाइज कार्य कहिलेबाट थालिएको हो ?

अन्तर्राष्ट्रिय दातृ निकाय डीएफआईडीको आर्थिक सहयोगमा यो प्रणालीलाई नेपालकै आईटी कम्पनीले बनाएको हो । यसमा गएको १ साउनदेखि स्थानीय तहहरु मार्फत तथ्यांक राख्न शुरु भएको हो ।

महालेखा नियन्त्रकको कार्यालय अन्तर्गत स्थानीय तहहरुको राजस्व र खर्च सम्बन्धी विवरण राखिने ‘सब नेशनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन’ मा साइबर आक्रमण भएपछि कार्यालयका प्रवक्ता  रमेशप्रसाद शिवाकोटी भन्छन्, “यसमा अन्तर्राष्ट्रिय ह्याकरले नै आक्रमण गरेको हुनसक्ने आशंका छ।”

के कमजोरीका कारण साइबर आक्रमण सम्भव भयो ?

यसबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रतिवेदन नआई यसै भन्न सक्ने अवस्था छैन । प्रारम्भिक छानबिनले बेलायत र जर्मनीबाट ह्याक भएको पाइएको छ ।

थप आक्रमण हुन नदिन कस्तो सुरक्षा अपनाउनुहुन्छ ?

प्रहरीको अनुसन्धान प्रतिवेदनलाई आधार मानेर वित्तीय विवरण राख्ने एप्लिकेसन थप सुरक्षित बनाउनेछौं । अब साइबर आक्रमण गर्न नसक्ने गरिको प्रणाली विकास गर्छौं ।

प्रतिकृया दिनुहोस