अपराजित चितवन रोक्ने दाउमा काठमाडौं
पोखरा प्रिमियर लिग (पीपीएल) मा समूह चरणको दोस्रो अन्तिम खेल हुँदैछ । बिहान ११ः३० बजे अपराजित चितवन राइनोज र काठमाडौं गोल्डेन बीच खेल हुनेछ ।
चार खेलबाट अपराजित ८ अंक जोडेको चितवन फाइनल नजिक छ । सानो अन्तरले काठमाडौंसँग पराजित भए पनि चितवनको फाइनल यात्रा रोकिने देखिदैन ।
तर, सेमिफाइनलमा पुग्नका लागि काठमाडौंले भने चितवनविरुद्ध जित निकाल्नै पर्नेछ । ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं पहिलो खेलमा पराजित भए पनि लगातरा जित निकाल्दै आएको छ ।
पारस खड्का कप्तानीको चितवन भने आज पनि अपराजित रहन चाहन्छ ।