निजगढमा टर्कीमा जस्तो २४ लाख रुख काट्नु पर्दैनः पर्यटनमन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई निजगढ अन्तरराष्ट्रिय बनाएरै छोड्ने बताएका छन् ।
मन्त्री भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यात्रुको चाप थेग्न नसक्ने भएकाले निजगढमा विमानस्थल बनाउन लागिएको बताए । उनले भने, “निजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले बुझ्नेछन् ।”
ठूला र राष्ट्रिय गौरवका आयोजना राजनीतिक नेतृत्वको सोचबाट निर्धारण हुने भएकाले यसको निरुपण न्यायालयबाट नहुने बताए ।
उनले विमानस्थल बनाउन टर्कीमा २४ लाख रुख काटिएको उदाहरण दिए । तर, निजगढमा त्यति धेरै रुख काट्न नपर्ने मन्त्री भट्टराईले बताए ।