गाडीको ठक्करबाट चाबहिलमा विद्यार्थीकाे मृत्यु
पशुपति क्याम्पसका विद्यार्थीको बसको ठक्करबाट मृत्यु भएको छ । भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसले पशुपति क्याम्पसका विद्यार्थी सृष्टि पन्तको मृत्यु भएको हो ।
२१ वर्षीया पन्त बसको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् । उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्नातक तह चौंथो वर्षमा अध्ययनरत पन्तको बसको ठक्करबाट मृत्यु भए पछि चाबहिल क्षेत्र तनावग्रस्त बनेको छ ।
पशुपति क्याम्पसका विद्यार्थीहरुले त्यस क्षेत्रको सवारी प्रभावित बनाएका हुन् । अवरोध खुलाउन प्रहरीले प्रयास गरिरहेको जनाएको छ ।