बार्सिलोनाका चारै स्टार खेलाडीको गोल, शीर्ष स्थानमा कायमै
स्पेनिस ला लिगामा स्टार क्लब बार्सिलोनाका चारै स्टार खेलाडीले गोल गरेका छन् ।
मेसी, स्वारेज, ग्रिजम्यान र भिडालले गोल गरेसँगै बार्सिलोनाले जित निकालेको छ । शनिबार राति सकिएको खेलमा आलाभेजलाई ४–१ गोल अन्तरले पराजित गर्दा चारै स्टारले गोल गरेका हुन् ।
बार्सिलोनालाई ग्रिजम्यानले अग्रता दिलाएका थिए । उनले १४औं मिनेटमा गोल गरे । भिडालले भने पहिलो आफको अन्तिमतिर गोल गर्दै २–० को अग्रता बनाए ।
दोस्रोको ५६औं मिनेटमा आलाभेजका लागि पेरे पोन्सले गोल फर्काए । तर, ६९औं मिनेटमा मेसी र ७५औं मिनेटमा स्वारेजले गोल गरेसँगै बार्सिलोनाले सहज जित निकालेको छ ।
जितसँगै, बार्सिलोना ३ अंक थप्दै शीर्ष स्थानमा कायमै रहेको छ । एक खेल कम खेलेको रियल मड्रिडले १७ खेलबाट ३७ अंक जोडेको छ । रियल आइतबार राति बिल्भियो विरुद्ध मैदानमा उत्रदैछ ।