कला/साहित्य शनिबार, पुस ५, २०७६

बक्स अफिसमा चुलबुल पांडेको धमाका, पहिलो दिनमै दबंग–३ को ३० करोडको कमाइ

हिमालखबर

बक्स अफिसमा चुलबुल पांडेको धमाका, पहिलो दिनमै दबंग–३ को ३० करोडको कमाइ

अभिनेता सलमान खान, सोनाक्षी सिन्हा, डिंपल कपाडिया, सई मांजरेकर, अरबाजखान, सुदीप किच्चालगायतको अहम भूमिका रहेको बलिउड फिल्म दबंग–३ को धमाकेदार प्रवेश भएको छ ।

प्रभुदेवाको निर्देशनमा बनेको दबंग–३ फिल्म रिलिज भएकै दिन शुक्रबार ३० करोडभन्दा धेरै कमाइ गरेको छ ।  दबंग ३ ले रिलिज हुनुभन्दा पहिले बिहीबारसम्मको एडभान्स बुकिङमै ११.५० करोड कमाइ गरेको थियो ।

फिल्मको कथा सलमान खान (चुबुल पांडे), सुदीप किच्चा (बाली), सोनाक्षी सिन्हा (रज्जो– चुलबुल पांडेकी पत्नी), सई मांजरेकर (खुशी), डिंपल कपाडिया (चुलबुलकी आमा) अरबाज खान (मक्खी– चुलबुल पांडेको भाइ) को भूमिकामा रहेका छन् । जहाँ चुलबुल पांडेको शुरुवाती जीवनको कथा देखाइएको छ ।

प्रभु देवाको निर्देशनले फिल्मबलियो बनाएको छ । यसका गीतहरु पनि सोसलमिडियामा हिट नै रहेका छन् । –एजेन्सी

 

प्रतिकृया दिनुहोस