दिल्ली लगायत पूरै उत्तर भारतमा भूकम्पको धक्का
दिल्ली लगायत पूरै उत्तर भारतमा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको तीव्रता ६.३ रहेको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।
शुक्रबार बेलुका ५ बजे आएको भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुशमा रहेको जनाइएको छ ।
कश्मीर, चंडीगढ लगायत पूरै उत्तर भारतमा यसको धक्का महसुस गरिएको छ ।
पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।
राजधानी इस्लामावाद लगायत कयौं शहरमा धक्का महसुस गरिएको छ ।
भूकम्पले १० सेकेन्डसम्म जमीन हल्लिएको बताइएको छ । भूकम्पको क्षति बारे अहिलेसम्म केही जानकारी आएको छैन ।
–एजेन्सी