आजबाट हिउँदे अधिवेशन शुरु हुँदै, उपसभामुखले अध्यक्षता गर्ने
प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । दिउँसो ४ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
त्यस अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गर्नेछन् ।
प्रतिनिधिसभा बैठकको पहिलो दिन राष्ट्रपतिले पठाएको पत्रबारे जानकारी र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
कृष्णबहादुर महरा बलात्कार जस्तो गम्भीर आरोपमा पक्राउ परेपछि उपसभामुख तुम्बाहाङ्फेले संसदको नेतृत्व गर्दैछन् ।