प्रधानमन्त्री ओलीको डायलासिस
प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको छ ।
प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा केही महीना यता लगातार डायलासिस गराउँदै आएका छन् ।
१५ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आएका छन् ।