पाँचौं दिन पनि नेकपा स्थायी कमिटी बैठक जारी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पाँचौं दिन पनि जारी छ ।
२९ मंसीरबाट शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा महासचिव बिष्णुप्रसाद पौडेलको सांगठानिक प्रतिवेदनमाथि अहिलेसम्म ३७ जनाले धारणा राखिएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।
उनका अनुसार, धेरैजसो नेताहरुले दुवै प्रतिवेदनप्रति सहमति जनाएका छन् । तर, केही नेताहरुले भने थप परिमार्जनका लागि सुझाव दिएका छन् । बैठकको चौथों दिन बुधबार १२ जना स्थायी कमिटीका नेताहरुले प्रतिवेदनमाथि सुझाव दिएका छन् ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बाँकी स्थायी कमिटी नेताहरुले प्रतिवेदनप्रति टिप्पणी गर्नेछन् । २०७७ भित्र महाधिवेशन गर्नेगरी राजनीतिक प्रतिवेदन र विधानमा उपाध्यक्ष पद थप गर्नेगरी सांगठानिक प्रतिवेदन पेश गरेका छन् ।