कप्तान पारस खड्काले बनाए अर्धशतक
पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजका कप्तान पारस खड्काले अर्धशतक बनाएका छन् ।
ओपनिङ ब्याट्सम्यान खड्काले बुटवल ब्लास्टर्स विरुद्ध ३५ बलमा अर्धशतक बनाएका हुन् । पारसले एक छक्का र चौकाको मद्दतमा अर्धशतक गरे ।
बुटवलले टस जितेर फिल्डिङ रोजे पछि चितवन ब्याटिङ गरिरहेको छ । दश ओभरको खेल सकिदा विना विकेटको क्षतिमा चितवनले १०५ रन जोडेको छ ।
पीपीएलमा दुवै टीम अपराजित यात्रा कायम राख्ने दाउमा छ । दुवै टीमका लागि यो दोस्रो खेल हो ।