रोचक बन्दै पीपीएल, सवै टीमको समान अंक
दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) मा आज पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामी नेतृत्वको बुटवल ब्लाटर्स बीच प्रतिश्पर्धा हुँदैछ ।
खेल ११ः३० बजे शुरु हुँदैछ । दुवै टीमका लागि यो दोस्रो खेल हो । दुवै टीम अपराजित यात्रा कायमै राख्न चाहन्छ । रनरेटका आधारमा चितवन शीर्ष स्थानमा छ भने बुटवल तेस्रो स्थानमा छ ।
यी दुई टीम बाहेक सवैले दुई भन्दा बढी खेल खेलिसकेका छन् । सवै टीमले एक खेल मात्रै जित्दै दुई–दुई मात्रै जोडेको छ ।
साविक च्याम्पियन पोखरा पल्टन तीन खेलबाट दुई अंक जोड्दै अंक तालिका दोस्रो अन्तिममा छ भने समान तीन खेलबाट दुई अंक जोडेको काठमाडौं गोल्डेन वारिवर्स पनि दुई अंक सहित रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
दुई–दुई खेल खेलेको एक्स्पर्ट धनगढी र विराटनगर टाइटन्सले पनि दुई–दुई अंक नै जोडेको छ । अर्थात्, खेल बढ्दै जाँदा पीपीएल रोचक समेत बन्दै गएको छ । हरेक टीमसँग, उपाधिको दावेदारकै रुपमा छन् ।