राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाको गठबन्धन
राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र राजपा बीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार, प्रदेश नम्बर दुईबाट निर्वाचित हुने चार सिटका लागि गठबन्धन हुनेछ ।
चार मध्ये दुई–दुई सिट भागबण्डा भएको छ । खुला पुरुष र अपाङ्ता भएका व्यक्ति अथवा अल्पसंख्यक उम्मेद्वार राजपाको हुनेछ भने महिला र दलित पुरुषमा नेकपाले उम्मेद्वारी दिनेछ ।
आगामी २१ फागुनमा रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यका लागि ९ माघमा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।