भ्याली एक्सप्रेसको पाँचौं शाखा सिनामंगलमा
भ्याली कोल्ड स्टोर प्रालि (भ्याली ग्रुप) अन्तर्गतको भ्याली एक्सप्रेसले पाँचौं शाखा त्रिभुवन विमानस्थल सिनामंगलमा खोलेको छ ।
विमानस्थलमा रहेको पार्किङ भवनमा बुधबार भ्याली एक्सप्रेसले पाँचौं शाखा खोलेको हो ।
मासुजन्य व्यापारको उद्देश्यले २०४१ सालमा स्थापित भ्याली ग्रुपले ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गर्दै २०७१ मा भ्याली एक्सप्रेसको ब्राण्डमा चितवनमा आफ्नो पहिलो शाखा खोलेको थियो ।
दोस्रो शाखा काठमाडौंको नयाँबजारमा खोलेर काठमाडौं उपत्यकामा प्रवेश गरेको समूहले काठमाडौंको वसन्तपुर र महाराजगञ्जमा यस अगाडि नै शाखा विस्तार गरिसकेको छ ।
विस्तारै काठमाडौं बाहिर पनि भ्याली एक्सप्रेसका शाखा विस्तार गर्ने समूहले बताएको छ । भ्याली ग्रुपमा अहिले भ्याली कोल्ड स्टोर प्रालि, भ्याली फिड इण्डष्ट्री, भ्याली पोल्ट्री प्रालि, भ्याली पेलेट फिड प्रालि सञ्चालनमा छन् ।
तनहुँ जिल्लामा मर्स्याङ्दी पोल्ट्री प्रालि, नुवाकोटमा त्रिशूली ब्रिडिङ एण्ड रिसर्च फार्म प्रालि र झापामा भ्याली एग्रो फिड प्रालि सञ्चालनमा आइसकेको समूहले जनाएको छ।
समूहले गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय मापदण्डमा उत्पादन गरिरहेको बताएको छ ।
भ्याली एक्सप्रेसले अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका खाद्य निर्माण प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायत परिकार पस्किने लक्ष्य राखेको बताएको छ।