अमेरिकाद्वारा नेपाली सेनालाई स्काईट्रक हस्तान्तरण
संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई बुधबार दुईवटा एम२८ स्काईट्रक हस्तान्तरण गरेको छ । याे हालसम्मकै ठूलो सुरक्षा अनुदान नेपालले पाएको हाे ।
छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमता सहितको विमान स्काईट्रक नेपालको भूगोलका निम्ति सबैभन्दा उपयुक्त हवाईजहाज बताइएको छ ।
यी एम२८ हरूले नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्चालन क्षमतामा व्यापक रूपान्तरण ल्याउने बताइन्छ।
झन्डै १ करोड ५० लाख डलरको अमेरिकी अनुदानको सबैभन्दा ठूलो अंशका रूपमा उक्त दुई विमान नेपालले पाएको हो ।
जगेडा पाटपुर्जा, विमानचालक तथा मर्मतसम्भार तालिम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरण लगायतको सहयोग पनि अनुदानमा समावेश गरिने बताइएकाे छ।
आगामी वर्षहरूमा अमेरिकाले थप एम२८ विमान प्रदान गर्ने र अझै प्रभावकारी ढंगबाट सुरक्षा प्रदान गर्न नेपाली सेनाका लागि मागअनुसारको तालिम दिइने बताइएको छ ।