बुधबार राति एल क्लासिको, शीर्षमा बार्सिलोना कि रियल मड्रिड ?
स्पेनिस ला लिगामा बुधबार राति यो सिजनको पहिलो एल क्लासिको खेल हुँदैछ ।
बार्सिलोनाको घरेलु मेदान नेउमा रियल मड्रिडसँग हुने भिडन्त निकै रोचक हुनेछ । दुवै क्लब शीर्षमा पुग्ने एल क्लासिको खेल जित्ने तयारीमा छ ।
खेल राति पौने दुई बजे शुरु हुनेछ । समान १६ खेलबाट ३५–३५ अंक जोडेको बार्सिलोना र रियल मड्रिड प्रष्ट जित निकाल्दै शीर्ष बन्नेगरी मैदानमा उत्रनेछ । दुवै टीमले अर्कालाई हराउने चाहना राखेको छ ।
तर, पछिल्ला खेलमा रियलसँग बार्सिलोना अपराजित छ । यो सिजनमा भने रियल भन्दा बढी बार्सिलोनाले पराजय खेपेको छ । १६ खेल खेल्दा तीनमा बार्सिलोना पराजित भएको छ भने रियल एक खेलमा मात्रै पराजित भएको छ ।
एघार खेलमा बार्सिलोना विजयी छ भने रियल १० खेलमा मात्रै जित्न सकेको छ । बराबर खेल्नेमा भने बार्सिलोना भन्दा तीन खेल बढी अर्थात् पाँच खेल रियलले बराबर खेलेको छ ।
बार्सिलोनाले लियोनेल मेसी, लुईस स्वारेज र ग्रिजम्यान मैदान उतार्ने तयारी गरिरहेका बेला रियललाई भने खेलाडी घाइते भएकाले चिन्ता बढी छ । रियलका हाजार्ड, मार्सेलो जस्ता खेलाडी मैदानमा उत्रने सक्ने संभावना छैन ।
खेल विज्ञहरुले भने यी बलिया प्रतिद्वन्द्वी टीमले बराबर खेल्ने अनुमान गरेका छन् ।