राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक, २० पुसमा उम्मेद्वारी दर्ता
राष्ट्रियसभाको १९ पदका लागि हुने निर्वाचनको तालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार, २० पुसमा उम्मेद्वारी दर्ता हुनेछ ।
९ माघमा हुने निर्वाचनका लागि २५ पुसमा उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ । त्यसै दिन निर्वाचन चिन्ह प्रदान गरिने आयोगको तालिकामा उल्लेख छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् ।
राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादी पार्टीका १ र एक जना सरकारबाट मनोनित सदस्यको कार्यअवधि २१ फागुनमा सकिदैछ ।