ज्ञानेन्द्र मल्लले बनाए पीपीएलमा पहिलो शतकको रेकर्ड
पोखरा प्रिमियर लिग (पीपीएल) मा कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका छन् । ३७ बलमै मल्लले शतक बनाएका हुन् ।
एक्स्पर्ट धनगढी विरुद्ध बिस्फोटक ब्याटिङ गरेका मल्लले ९ छक्का र ८ चौका प्रहार गरे । मल्ल एउटै इनिङमा सवैभन्दा बढी छक्का गर्ने खेलाडी समेत बने ।
पीपीएलमा अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले शतक गर्न सकेका थिएनन् ।
गत सिजनमा रविन्दर सिंहले बनाएको ९१ रन नै सर्वाधिक ठूलो स्कोरको रेकर्ड थियो । मल्लले उक्त रकेर्ड समेत तोडेका छन् । कप्तान मल्लले आफ्नो शतक छोरीका नाममा समर्पण गरेका छन् ।
मौसमको खराबीका १७ ओभरमा छोट्याइएको खेलमा कप्तान मल्लको बिस्फोटक ब्याटिङ सँगै धनगढीलाई १८६ रनको लक्ष्य दिएको छ ।
मल्ललाई कीर्तिमानी इनिङमा जयकृषण कोल्सावाल सँग साझेदारी गरेका थिए । मल्ल र कोल्सावालले गरेको साझेदारी पनि पीपीएलमा नयाँ कीर्तिमानी बनेको छ ।
दुई विकेट पछि जमेको मल्ल र कोल्सावालले ५८ मा १३१ रनको साझेदारी गरे । कोल्सावालले ३७ बलमा ४६ रन बनाए भने अमित श्रेष्ठले २१ ब्लमा ३४ रन बनाए । गौरव तमोर र सुवोध भातीले भने खाता खोल्न सकेनन् ।
धनगढीका लागि कमल ऐरीले चार र सागर ढकालले एक विकेट लिए ।